मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी


  • माउन्टेन खबर
  • आइतवार, माघ १२, २०८२
  • 150
    SHARES

कर्णाली-  राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही र नेकपा (एमाले) की मीना रखाल विजयी हुनुभएको छ ।

आज सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी हुनुभएको हो। शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गर्नुभयो ।

त्यस्तै, रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ ९३ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार शाहीका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका बुद्धिप्रसाद शर्माले प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ५० मत प्राप्त गर्नुभयो ।

त्यस्तै रखालका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी अन्जु महताराले प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ५५ मत प्राप्त गर्नुभएको सूचना अधिकारी चौलागाईंले बताउनुभयो । उहाँका अनुसार ६ मत बदर भएको थियो ।

कर्णालीमा कुल मतसङ्ख्या १९८ हुँदा प्रदेशसभाका ४० सदस्यमध्ये ३९ जनाले मतदान गरेका थिए । त्यस्तै, ७९ स्थानीय तहका १५८ जनप्रतिनिधिमध्ये १५२ मत खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)