शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, माघ १२, २०८२
  • 187
    SHARES

धनुषा-  मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ ।

विभिन्न चार वटा कलष्टरतर्फ भएका निर्वाचनमा फरक–फरक दलका उम्मेदवार विजयी भएका छन् । महिला कलष्टरतर्फ नेकपा (एमाले) की रेखा झा सात हजार २२२ मतसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की शमीकुमारी अग्रवालले एक हजार ९४४ मत प्राप्त गर्नुभयो भने जनता समाजवादी पार्टी (जसपा) की चन्द्रकलादेवी साहले ३२२ मत प्राप्त गर्नुभयो । यस कलष्टरमा ३५७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

 

अल्पसङ्ख्यक कलष्टरतर्फ नेपाली कांग्रेसका रञ्जित कर्ण आठ हजार ९३ मतसहित विजयी हुनुभएको छ । नेकपाका रामनन्दन प्रसादले एक हजार ३६१ मत तथा जसपाका शैलेशकुमार चौधरीले २७७ मत प्राप्त गर्नुभयो । यसतर्फ ११४ मत बदर भएको छ ।

दलित कलष्टरतर्फ नेपाली कांग्रेसका धर्मेन्द्र पासवान सात हजार ९०४ मतसहित निर्वाचित हुनुभएको छ । नेकपाका शम्भु पासवानले एक हजार ३७६ मत र जसपाकी चमेलीदेवी दासले २०९ मत प्राप्त गर्नुभयो । यस कलष्टरमा १८६ मत बदर भएको जनाइएको छ ।

अन्य कलष्टरतर्फ जसपाका महन्थ ठाकुर सात हजार ७२५ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपाका लक्ष्मण पौडेलले एक हजार ८०५ मत प्राप्त गर्नुभयो भने ३१५ मत बदर भएको छ ।

निर्वाचन कार्यालयका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मधेस प्रदेशमा कूल १०० प्रदेशसभा सदस्यमध्ये ९९ जना तथा २६४ पालिका प्रतिनिधि (प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष) मध्ये २४२ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)