बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पार्टी उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न काँग्रेसको निर्देशन


  • माउन्टेन खबर
  • सोमवार, माघ १३, २०८२
  • 139
    SHARES

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले निर्वाचन केन्द्रित परिपत्र जारी गरेको छ। सोमबार जारी परिपत्रमार्फत कांग्रेसले पार्टीका सबै तहका निकायलाई उम्मेदवारको पक्षमा जनमत सिर्जना गरी उच्च मत ल्याउने र कुशलतापूर्वक रणनीतिक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ।

परिपत्रमा प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा ‘केन्द्रीय प्रचार प्रसार समिति’ गठन भई कार्य प्रारम्भ भइसकेको उल्लेख गरिएको छ। यसअघि जेनजी पुस्ताद्वारा भाद्र २३ र २४ गते प्रदर्शनपछि परिवर्तित राजनीतिक परिस्थितिमा उच्च मनोबल, एकता र जिम्मेवारीपूर्वक अघि बढ्न सबैलाई आग्रह गरिएको छ।

परिपत्रमा “बदल्यौं कांग्रेस, बदल्छौं देश, यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दछौं हामी, हाम्रो केवल एक ध्येय छ–देशको समृद्धि” भन्ने नारासहित पार्टी उम्मेदवारलाई जिताउन प्रत्येक तहबाट सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गरिएको छ।

महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा हस्ताक्षरित उक्त परिपत्रमा सबै तहका कार्यकर्तालाई पार्टीको पक्षमा जनमत सिर्जना गर्न आवश्यक कार्य अघि बढाउन निर्देशन दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)