बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सर्लाही चारमा विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गर्ने लहर

सर्लाही ४ का सांसद उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेसमा प्रवेश


  • माउन्टेन खबर
  • बुधबार, माघ १५, २०८२
  • 162
    SHARES

सर्लाही –  नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ ।

कांग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क्षेत्र नं ४ का प्रदेश सांसद उम्मेदवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका हुन् ।

बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं ४ ख प्रदेशका उम्मेदवार कृष्णकुमार  कुशवाहसहित चार वडाध्यक्षलाई कांग्रेस सभापति गगन थापाले बुधबार बिहान सर्लाहीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।

सर्लाहीमा आयोजित कार्यक्रममा कुशवाहसहित गोडैता नगरपालिका वडा नं १ का वडाध्यक्ष सुजित महतो, वडा नं २ का वडाध्यक्ष अजयप्रसाद शाह, वडा नं ५ का वडाध्यक्ष प्रकाश गुप्ता, वडा नं ११ का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेर गगन थापालाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

वडा नं १ का वडाध्यक्ष महतो र वडा नं २ का वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी, वडा नं २ का वडाध्यक्ष शाह नेपाल कम्युनिष्ट पार्टी, वडा नं ५ का वडाध्यक्ष गुप्ता जसपा, वडा नं ११ का वडाध्यक्ष पण्डित एमालेबाट वडाध्यक्ष विजयी भएका थिए ।

त्यसैगरी बसबरियाका जसपा नेता मुकेश यादव, वडासदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन् । मुलुकको विकास गर्न सक्ने भिजन भएको कांग्रेस सभापति थापा आफ्नो क्षेत्रमा आएकाले चुनावमा जिताउनका लागि कांग्रेस प्रवेश गरेको उनीहरुले बताए ।

यसअघि सर्लाही क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेसमा प्रवेश गरेरका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)