बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपाद्वारा संघीय निर्वाचन सम्पादन समिति गठन


  • माउन्टेन खबर
  • बिहिबार, माघ १६, २०८२
  • 137
    SHARES

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लक्षित गर्दै  संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । केन्द्रीय समितिको निर्णयअनुसार उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा समिति गठन गरिएको हो

समितिको सदस्य सचिवमा शंकर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । समितिमा सातै प्रदेशका प्रतिनिधिहरू समेटिएका छन्, जसले प्रदेशस्तरमा निर्वाचन अभियानलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ

 

यसैगरी, निर्वाचन व्यवस्थापनलाई थप व्यवस्थित बनाउन पार्टीले तीन वटा विशेष उपसमिति पनि गठन गरेको छ । ती उपसमितिहरूले संगठन तथा उम्मेदवार समन्वय, प्रशासनिक समन्वय र सञ्चार व्यवस्थापनको जिम्मेवारी लिनेछन्

पार्टीका अनुसार आगामी निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरी स्थिर सरकार निर्माण र देशको समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित समिति गठन गरिएको हो । संघीय, प्रदेश, जिल्ला तथा निर्वाचन क्षेत्रस्तरमा समेत छुट्टाछुट्टै समिति गठन गरी अभियान सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)