बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनताको अपेक्षाअनुसार कांग्रेस परिवर्तन भैसक्यो: प्रवक्ता चालिसे


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २४, २०८२
  • 103
    SHARES

चितवन-  नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जनताको अपेक्षाअनुसार कांग्रेस परिवर्तन भएको बताउनुभएको छ ।

भरतपुर विमानस्थलमा  सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता चालिसेले जनताले चाहेअनुसार सुधार गर्दै स्पष्ट दिशासहित कांग्रेसमा परिवर्तन भएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “कांगे्रसलाई जनताको चाहनाअनुसर सुधारेका छौँ, बदलेका छौँ, सच्याएर जनतामाझ ल्याएका छौँ ।” कांग्रेस एक भएको सन्देश लिएर जनता माँझ गएको प्रवक्ता चालिसेको भनाइ थियो । जनताले अपेक्षा गरेअनुसार कांग्रेस अहिले चुनावी मैदानमा उत्रेको उहाँले बताउनुभयो ।

प्रवक्ता चालिसेले कांग्रेसप्रति जनतामा पुनःविश्वास र प्रेमभाव देखिन थालेको बताउनुभयो । निराश भएका नागरिक जागृत भएका र अघिल्लो निर्वाचनमा गुमाएको मत फिर्ता आउने सङ्केत देखिएको उहाँले उल्लेख गर्नुभयो । नयाँ मतदातामा आशा पलाएको उहाँको भनाइ थियो ।

जनताको विश्वासलाई आधार बनाएर कांग्रेस देशव्यापी प्रचारमा जुटेको प्रवक्ता चालिसेले बताउनुभयो । राजनीतिक दल वा व्यक्तिको अनुहारभन्दा विचार र मुद्दामा आधारित हुने उल्लेख गर्दै उहाँले वर्तमान तथा भविष्यलाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)