बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति


  • माउन्टेन खबर
  • आइतवार, माघ २६, २०८२
  • 165
    SHARES

काठमाडौं –  नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ ।

आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले अनुशासन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दएि । उनका अनुसार गुरुङ नेतृत्वको समितिमा थप दुई सदस्यमा केन्द्रीय सदस्यद्धय धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य छन् ।

बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका –०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका — ०८२’ लाई परिमार्जन सहित पारित गरेको प्रवक्ता चालिसेले बताए ।

विशेष महाधिवेशन अघि शेरबहादुर देउवा नेतृत्वमा रहँदा आनन्द ढुंगानाको संयोजक रहेको अनुशासन समिति थियो ।

विधान अनुसार अनुशासन समिति ५ सदस्यीय हुने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)