बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्र निर्माणको अभियानलाई सशक्त बनाउन पार्टीमा औपचारिक रूपमा आबद्ध हुन इच्छित सबैलाई कांग्रेसको आह्वान


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन १, २०८२
  • 167
    SHARES

काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्र निर्माणको अभियानमा सहभागी भई लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन औपचारिक रूपमा आफ्नो पार्टीमा आबद्ध हुन सम्पूर्ण इच्छुक महानुभावलाई अनुरोध गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै सम्पूर्ण इच्छित महानुभावलाई पार्टीमा औपचारिक प्रवेश गरी राष्ट्र निर्माणको अभियानमा जुट्न अनुरोध गरेका हुन् ।

उनले विज्ञप्तिमा बदलिएको समय, रूपान्तरित राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट दृष्टिसहित कांग्रेस आज देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्पमा अघि बढिरहेको जिकिर गर्दै पार्टीका सभापति गगन थापाको नेतृत्वमा काङ्ग्रेसले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ यस ऐतिहासिक संक्रमणको घडीमा, वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने, समाजका विभिन्न प्रतिष्ठित पेशा—चिकित्सा, शिक्षा, कानून, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाजका क्षेत्रमा सक्रिय भई राजनीतिक पृष्ठभूमिसँग जोडिएर समाज रूपान्तरणमा योगदान गर्न चाहनु हुने सम्पूर्ण महानुभावहरूलाई नेपाली कांग्रेसमा आबद्ध हुन हार्दिक आह्वान गर्दछौं।’

प्रवक्ता चालिसेले कांग्रेस सधैं विचार, विवेक र प्रतिबद्धताको संगम भएको लोकतान्त्रिक मञ्च भएको उल्लेख गर्दै ‘यहाँ व्यक्तिको क्षमताभन्दा संस्थागत मूल्यलाई प्राथमिकता दिइन्छ; पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीतिलाई अवलम्बन गरिन्छ। देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तित्वहरूको सहभागिता अपरिहार्य छ भन्ने हाम्रो ठोस विश्वास छ’ भनेका छन् ।

यस्तो छ विज्ञप्ति-

प्रेस विज्ञप्ति

बदलिएको समय, रुपान्तरित राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट दृष्टिसहित नेपाली काङ्ग्रेस आज देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्पमा अघि बढिरहेको छ। पार्टीका सभापति श्री गगन थापाको नेतृत्वमा कांग्रेसले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको छ।

यस ऐतिहासिक संक्रमणको घडीमा, वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने, समाजका विभिन्न प्रतिष्ठित पेशा—चिकित्सा, शिक्षा, कानून, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाजका क्षेत्रमा सक्रिय भई राजनीतिक पृष्ठभूमिसँग जोडिएर समाज रूपान्तरणमा योगदान गर्न चाहनुहुने सम्पूर्ण महानुभावहरूलाई नेपाली कांग्रेसमा आबद्ध हुन हार्दिक आह्वान गर्दछौं।

नेपाली कांग्रेस सधैं विचार, विवेक र प्रतिबद्धताको संगम भएको लोकतान्त्रिक मंच हो। यहाँ व्यक्तिको क्षमताभन्दा संस्थागत मूल्यलाई प्राथमिकता दिइन्छ; पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीतिलाई अवलम्बन गरिन्छ। देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तित्वहरूको सहभागिता अपरिहार्य छ भन्ने हाम्रो ठोस विश्वास छ।

अतः राष्ट्र निर्माणको अभियानमा सहभागी भई लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन नेपाली कांग्रेसमा औपचारिक रूपमा आबद्ध हुन सम्पूर्ण इच्छुक महानुभावहरूलाई पार्टी हार्दिक अनुरोध गर्दछ।

देवराज चालिसे
प्रवक्ता
नेपाली कांग्रेस

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)