बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्छ – उपसभापति शर्मा


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन ३, २०८२
  • 98
    SHARES

काठमाडौँ –  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति नजविश्वास बढ्दै गएको बताएका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई कांग्रेसमा स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहोल कांग्रेसको पक्षमा बढ्दै गएको बताए ।

उनले आगामी प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिदै जाँदा कांग्रेसप्रतिको लहर उत्साहपूर्ण रहेको दाबी गरे । अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने शर्माको दाबी गरे । यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्ने उनको ठोकुवा छ । शर्माले भने, ‘नागरिकले नयाँ खोज्नुभएको हो भने जेन-जी मुभमेन्टपछि नयाँ भएको कांग्रेस, परिवर्तन खोजेको हो भने परिवर्तन नै भएको आएको कांग्रेस हो ।’ दैनिकजसो कांग्रेसमा समाहित हुनेहरूको संख्या वृद्धि भइरहेको दाबी गर्दै शर्माले कांग्रेस पहिला भन्दा बलियो बनेको बताए । कांग्रेस आफैँ बदलिएर समाज र देश बदल्न अग्रसर भएको उनले बताए ।

‘कसैले आफैँलाई बदल्न सक्दैन् तर, देश बदल्छु भन्छ भने त्यस्लाई पनि सुनौँला’, उनले भने, ‘तर जो आफूलाई बदल्न सक्छ त्यसले नै देश बदल्छ भन्ने मान्यता बमोजिम नेपाली कांग्रेस अहिले जनताको विश्वास जित्नेगरी अघि बढेको छ ।

दैनिक हजारौ मानिसहरू कांग्रेसमा समाहित हुनुभएको छ ।’

चितवनबाट थालेको यात्रा पश्चिमका जिल्ला पुगेर काठमाडौँ फर्केका शर्माले हल्लाका भरमा नभई जरा बलियो बनाउन सबै नेताकार्यकर्ताहरू एक टिक्का भएर लागेको बताए । पार्टी नेता कार्यकर्तासँगै आम जनताको विश्वास कांग्रेसप्रति बढ्दै गएको शर्माको भनाइ छ ।

विशेष महाधिवेशनपछि बदलिएको कांग्रेसले आफूलाई अब्बल सावित गर्दै आएको छ । पार्टीले बुधबार ६ गते जनकपुरधामबाट पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)