बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट बुधबार सार्वजनिक हुने, आइतबारको कार्यक्रम स्थगित


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन ३, २०८२
  • 123
    SHARES

काठमाडौँ – नेपाली कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बीपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिँदै उक्त कार्यक्रम जनकपुरबाट बुधबार फागुन ६ गते हुने बताए ।

 

कांग्रेसले ६ गते मधेश प्रदेशको जनकपुरधामबाट चुनावी सभाको शुरूआत गर्दैछ । सोही सभामा प्रतिज्ञापत्र सार्वजनिक गरिने उनले बताए ।

निर्वाचन आयोगले दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि घोषणापत्र पेश गर्न आइतबारसम्मको समय दिइसकेको छ ।

कांग्रेस प्रवक्ता चालिसेले निर्वाचन आयोगमा आइतबारै प्रतिज्ञापत्र बुझाइने तर सार्वजनिक कार्यक्रम भने बुधबार हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)