बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्ने


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ४, २०८२
  • 157
    SHARES

काठमाडौँ –  नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्ने भएको छ । बैठक फागुन ८ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन बीपीनगर ललितपुरमा बस्ने पार्टीले विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन । यद्यपि चुनावका बेलामा विभिन्न चलखेल भइरहने सम्भावनाबीच एकढिक्का भएर १६५ ओटै निर्वाचन क्षेत्रमा लाग्नका लागि नेता कार्यकर्तालाई कडा निर्देशन दिने अपेक्षा गरिएको छ ।

यस्तो छ पार्टी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्ति-

फागुन ४, २०८२

केन्द्रीय अनुशासन समितिको बैठक सम्बन्धमा ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८२ फागुन ८ गते शुक्रबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने यसै विज्ञप्ति मार्फत् जानकारी गराइन्छ ।

कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)