बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस जनकपुरको प्रतिज्ञा सभाको तयारी पूरा, करिब एक लाख सहभागी हुने दाबी


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ५, २०८२
  • 337
    SHARES

जनकपुरधाम – नेपाली कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा जनकपुरधाममा फागुन ६ गते आयोजना हुने प्रतिनिधि सभा निर्वाचन लक्षित पहिलो ‘प्रतिज्ञा सभा’ को सम्पूर्ण तयारी पूरा भएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले यो कार्यक्रम मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने अवसरको रूपमा लिएको जानकारी दिईयो।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

नेपाली कांग्रेस मधेश प्रदेश समिति सभापति कृष्ण प्रसाद यादवले मधेशको ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो सभा केवल राजनीतिक कार्यक्रम नभई, जनतासँग प्रत्यक्ष संवाद गर्ने, प्रतिबद्धता व्यक्त गर्ने र भावी कार्ययोजना प्रस्तुत गर्ने साझा मञ्चका रूपमा लिइएको बताउनुभयो।

नेपाली कांग्रेस र मधेशको सम्बन्ध प्रजातान्त्रिक आन्दोलनदेखि लिएर २०६२/०६३ को जनआन्दोलनसम्मको ऐतिहासिक यात्रामा घनिष्ठ रहेको उहाँले बताउनुभयो।

कांग्रेसले मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दा आफ्नो मूल एजेण्डामा समेट्दै आएको छ। सभा मार्फत कांग्रेस मधेशको विकास, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र पूर्वाधार विस्तारमा आफ्नो प्रतिबद्धता प्रस्तुत गर्नेछ।

सभापति गगन कुमार थापा स्वयं मधेशको सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बनेर मधेशी जनतासँग प्रत्यक्ष जोडिनुभएको छ। यसले कांग्रेसको मधेशसँगको भावनात्मक र राजनीतिक सम्बन्धलाई सुदृढ बनाउने सन्देश दिने विश्वास गरिएको छ।

प्रतिज्ञा सभा मार्फत कांग्रेसले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, संघीयताको प्रभावकारी कार्यान्वयन तथा प्रदेश र स्थानीय तहको सुदृढीकरणका विषयमा आफ्नो धारणा प्रस्तुत गर्नेछ। सभा करिब एक लाख सहभागी हुने अपेक्षा गरिएको छ।

नेपाली कांग्रेस मधेश प्रदेश समितिले सबै शुभेच्छुक, लोकतन्त्रप्रेमी नागरिक, पार्टीका कार्यकर्ता, युवा तथा महिला सदस्यहरूलाई फागुन ६ गते जनकपुरधाममा आयोजना हुने ऐतिहासिक प्रतिज्ञा सभामा उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)