शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गौरमा अनिश्चितकालीन कर्फ्यु आदेश


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन ९, २०८२
  • 151
    SHARES

रौतहट- गौरमा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यू) घोषणा गरेर सुरक्षा तीन वटै सुरक्षा बल परिचालन गर्दा पनि गौरका भित्री भागमा आगजनी र तोडफोड हुनेक्रम नरोकिएको स्थानीय प्रशासनले जनाएको छ ।

परिस्थिति असामान्य बनेपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएर नेपाली सेनासमेत परिचालन गरेको थियो ।

उत्तेजक भिडले गौर नगरपालिका–४ मचकुटिया टोलमा एउटा स्कुटरमा आगजनी गरेका छन् । प्रदर्शनकारीले हालसम्म छ वटा मोटरसाइकल र दुई वटा जिपमा आगो लगाइदिएका छन् । सेना परिचालनपछि गौरको मुख्य सडक शान्त देखिए पनि भित्री भागहरूको अवस्था अझै तनावग्रस्त रहेको स्थानीयको भनाई छ ।

 

गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि तनाव सुरु भएको हो ।

विवादले गौरको वडा नम्बर ४, ५ र ६ मा झडप समेत भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यासका सेलहरू प्रहार गरेको थियो । केही व्यक्ति सामान्य घाइतेसमेत भएको प्रहरीले जनाएको छ ।

थप हिंसा फैलनेसक्ने देखेपछि जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । शनिबार दिउँसो १ बजेबाट कर्फ्यू आदेश लागु भएको छ ।

प्रशासनको सूचना अनुसार, पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कर्फ्यू जारी गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)