मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

देशमा केही भएन भन्ने होइन, अझै धेरै गर्न बाँकी छः ओली


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन ९, २०८२
  • 126
    SHARES

दमकः- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा केही भएको छैन भन्ने भाष्य गलत भएको बताउनुभएको छ ।

शनिवार झापाको दमकमा आयोजित निजी क्षेत्रसँगको संवाद कार्यक्रममा बोल्दै उहाँले देशमा केही हुँदै गएको र अझै धेरै गर्न बाँकि रहेको समेत स्पष्ट पार्नुभयो । देशमा केही भएको र अझै धेरै गर्न बाँकी रहेको उहाँको भनाई थियो ।

 

अध्यक्ष ओलीले विकास, निर्माणका कामहरु गर्दै जाने विषय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘देशमा केही भएको छैन भन्ने होइन, भएको छ । तर अझै हुन बाँकी छ । त्यो गर्दै जानुपर्छ । दमकमा पिच सडक हेर्न राजमार्ग जानुपर्दथ्यो । अहिले बेडबाटै हेर्न सक्नु हुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानीमा पनि सुधार आएको छ । अझै गर्दै जानुपर्नेछ ।’

अध्यक्ष ओलीले आफ्नो निर्वाचन झापा क्षेत्र नम्बर ५ मा पनि पूर्वाधार, शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै काम भएको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)