मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १०, २०८२
  • 204
    SHARES

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनतासँग प्रत्यक्ष भेटघाट गर्न निर्देशन दिएको छ ।

निर्वाचन नजिकिँदै गर्दा एमालेले चुनावी अभियानका क्रममा छ लाख ६२ हजार सङ्गठित सदस्यलाई मतदातासँग प्रत्यक्ष भेटघाट गर्न निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख मीनवहादुर शाहीले जानकारी दिनुभयो ।

 

भर्चुअलभन्दा मतदातालाई प्रत्यक्ष भेटघाट गरेर आफ्नो पार्टी नेतृत्वमा बनेको सरकारले गरेका राम्रो कामको प्रचार गरेर मत माग्न उम्मेदवार, पार्टी सदस्यलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

“भूगोलमा रहेका सबै सङ्गठित सदस्यलाई मतदातालाई प्रत्यक्ष भेटेर चुनावी प्रचारप्रसारमा लाग्न निर्देशन दिइएको छ”, प्रचार विभाग प्रमुख शाहीले भन्नुभयो, “जुन सङ्गठित सदस्य जहाँ छन्, त्यहीका मतदातालाई भेटेर मत माग्न भनिएको छ ।”

एमाले यसपटक चुनावीसभा नगरेर मतदातालाई प्रत्यक्ष भेटघाटका कार्यक्रमलाई प्राथमिकता दिएर चुनाव केन्द्रित अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)