मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्व वडा अध्यक्ष मानकाजी ग्याबा नेपाली काँग्रेसमा प्रवेश


  • आशिष तामाङ
  • बुधबार, फाल्गुन १३, २०८२
  • 691
    SHARES

रसुवा – नेकपा एमालेको बागमती प्रदेश सल्लाहकार कमिटी सदस्य मानकाजी ग्याबा पार्टीभित्रको चरम असन्तुष्टि व्यक्त गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य रसुवाको उम्मेदवार समेत रहेको ई.मोहन आचार्यले खादा लगाएर स्वागत गरेका हुन।

ग्याबा पूर्व जिल्ला कमिटी सदस्य तथा निर्वाचित पूर्व वडाध्यक्ष समेत हुन।

पार्टीमा लामो समयदेखि योगदान पुर्‍याउदै  आएको तर हाल पार्टीभित्र चरम व्यक्तिवादी हाबी भैँ योगदानको मूल्याङ्कन नभएकोले आफू पार्टीमा रहन नसकेको बताए।

जेन्जी आन्दोलन पश्चात् नेपाली काँग्रेसले विशेष महाधिवेशन गरी पार्टीलाई नयाँ ढङ्गबाट रूपान्तरण गरी आएकोले आफू काँग्रेसमा प्रवेश गरेको स्पष्ट पारे।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)