काठमाडौँ – कांग्रेसले देशभरका प्रत्यक्ष तर्फका १६५ निर्वाचन क्षेत्रमध्ये ९३ सिटमा जित सुनिश्चित अवस्थामा रहेको निष्कर्ष निकालेको छ।
अनुकूल परिस्थिति कायम रहेमा यो संख्या १०० नजिक पुग्न सक्ने आन्तरिक आकलन छ। भने समानुपातिकतर्फ करिब ३५ लाख मत ल्याउने आकलन गरेको छ। यो बिश्लेषण आन्तरिक अध्ययन, जिल्ला तथा प्रदेशबाट आएका रिपोर्ट, मतदाताको मनोविज्ञान र पछिल्ला राजनीतिक गतिविधिको मूल्याङ्कनपछि निकालिएको हो।
कांग्रेसको चुनावी रणनीति अनुसार अहिले देशभर स्थायित्व, अनुभवी नेतृत्व र भरोसायोग्य विकल्पको पक्षमा माहोल बनेको निष्कर्ष निकालिएको छ।
शीर्ष नेतृत्वको सक्रियता र संगठनात्मक प्रभाव पछिल्लो समय सभापति गगन थापा को सक्रियता, प्रदेश–जिल्ला स्तरमा पुनर्गठन, तथा युवा नेतृत्वको उभारले कांग्रेसको संगठनात्मक संरचना मजबुत भएको आन्तरिक रिपोर्टमा उल्लेख छ। कांग्रेसले विशेषगरी तीन तहमा आफ्नो बलियो उपस्थिति देखेको दाबी गरेको छ। पुरानो संगठनात्मक संरचना,स्थानीय तहको कार्यकर्ता नेटवर्क,मध्यम वर्ग तथा युवाको पुनः आकर्षण परिवर्तनको नारा मात्र होइन, परिणाम दिने क्षमता कांग्रेससँग छ भन्ने सन्देश मतदातामाझ प्रभावकारी भएको विश्लेषणमा उल्लेख छ।
सातै प्रदेशको आकलन
मधेस प्रदेश
कांग्रेसको मुख्य आधार
मधेस प्रदेशका ८ जिल्लाका ३२ प्रत्यक्ष क्षेत्रमध्ये कांग्रेसले २२ सिट जित्ने निश्चित सूचीमा राखेको छ। गगन थापा मधेस झरेपछिको माहोल उत्हासजनक छ। कांग्रेस छाडेका तथा अन्य पार्टिका धेरै नेताहरू कांग्रेसमा प्रबेश गर्नुले पनि यो पुस्टि गर्दछ।
मधेसमा परम्परागत संगठन, स्थानीय नेतृत्वको प्रभाव र गठबन्धन व्यवस्थापनका कारण कांग्रेस अत्यन्त बलियो अवस्थामा रहेको आन्तरिक रिपोर्टमा उल्लेख छ। बारा, पर्सा, सर्लाहि , रौतहटमा बलियो पकड बनाएको छ।
मधेसमा कांग्रेस पहिलो शक्ति बन्दैछ भन्ने निष्कर्ष कांग्रेसको रिसर्च टिमले निकालेको छ।
गण्डकी प्रदेश
१८ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा कांग्रेसले १०-१२सिट जित्ने सम्भावना देखेको छ।
मनाङ,मुस्ताङ,गोरखा, पर्वत कास्की,तनहुँ,स्याङ्जा,नवलपरासी पूर्वमा कांग्रेस बलियो देखिएको आन्तरिक विश्लेषण छ। तनहुँमा अघिल्लो उपनिर्वाचनपछि देखिएको असन्तुष्टि र स्थानीय नेतृत्वको सक्रियताले कांग्रेसलाई लाभ पुग्ने रिपोर्टमा उल्लेख छ।
बाग्मति प्रदेश
३३ निर्वाचन क्षेत्र रहेको बागमती प्रदेशमा कांग्रेसले १७ सिटमा जितको आकलन गरेको छ। काठमाडौं उपत्यकामा कडा प्रतिस्पर्धा बिचमा पनि ४-५ सिट सहजै र बाहिरी जिल्लाहरू रसुवा,मकवनपुर,चितवन,धादिङ,नुवाकोट,काभ्रे,सिन्धुली र सिन्धुपाल्चोकमा कांग्रेस बलियो अवस्थामा रहेको उल्लेख छ।
कोशी प्रदेश
१४ जिल्ला र २८ क्षेत्र रहेको कोशी प्रदेशमा कांग्रेसले कम्तिमा १३ सिटमा सहज जितको आकलन गरेको छ।खोटाङ,ओखलढुङगा, उदयपुर ,भोजपुरमा बलियो भएको छ भने झापा, मोरङ, सुनसरीमा प्रतिस्पर्धा कडा रहे पनि संगठनको स्थायित्व र मत संरक्षण क्षमताले कांग्रेसलाई लाभ हुने विश्लेषण छ।
लुम्बिनी प्रदेश
२६ क्षेत्रमध्ये कांग्रेसले १४ सिटमा सहज जितको सूचीमा राखेको छ। दाङ, बाँके, रुपन्देही, कपिलबस्तु,गुल्मि र नवलपरासी क्षेत्रमा कांग्रेस प्रतिस्पर्धामा अग्रस्थानमा रहेको रिपोर्ट छ।
सुदूरपश्चिम प्रदेश
१६ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ९ सिटमा सहज जितको आन्तरिक आकलन गरेको छ। स्थानीय तहको मजबुत आधार र पुराना मतदाताको स्थिर समर्थनलाई मुख्य कारण मानिएको छ। कैलालि, बझाङ, डडेलधुरा, अछाम अग्रस्थानमा रहेको रिपोर्ट छ।
कर्णाली प्रदेश
१२ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ७ सिट जित्ने सम्भावना देखेको छ।कर्णालीमा अन्य दल संगठनात्मक रूपमा कमजोर रहेको निष्कर्ष कांग्रेसले निकालेको छ। डोल्पा,कालिकोट, जाजरकोट, सुर्खेत मा राम्रो रहेको आंकलन छ।
निष्कर्ष के छ भने कांग्रेस एकल बहुमतको दाबीमा अगाडि बढेको छ। कांग्रेसको आन्तरिक विश्लेषण अनुसार संगठन, अनुभव, मत संरक्षण क्षमता र रणनीतिक नेतृत्वका कारण कांग्रेस यसपटक देशकै सबैभन्दा ठूलो शक्ति बन्ने दाबी गरिएको छ !!
प्रतिक्रिया
सम्बन्धित समाचार
