मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा काँग्रेसका मोहन आचार्य विजयी


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २२, २०८२
  • 467
    SHARES

रसुवा – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली काँग्रेसका ई. मोहन आचार्य  विजयी हुनुभएको छ ।

१० हजार ६सय ५६मत प्राप्त  गरी काँग्रेसका आचार्य विजयी हुनुभएको हो ।

मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै आचार्य विजयी हुनुभएको हो ।

उहाँको यो तेस्रो जित हो।उहाँ रसुवा जिल्लाबाट २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो।

उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का वसन्त भट्टले ५ हजार ५ सय ७१  मत प्राप्त गर्नुभएको थियो ।

हिजो भएको मतदानमा रसुवामा ६०.६१ प्रतिशत अर्थात् २५ हजार १ सय ३६ मत खसेको  थियो । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा २५ हजार १ सय ३६ जनाले मतदान गरेका थिए।

रसुवा जिल्लामा कुल मतदाता ४१ हजार ४ सय ७१ जना  रहेका छन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)