काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२० क्षेत्रमा विजयी भएकोे छ । अहिले सम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ३निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ भने नेकपा (एमाले) ले ७ स्थानमा विजयी भएको छ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म ७ उम्मेदवार विजयी हुनुभएको छ भने १ स्थानमा अग्रता लिएका छन् ।यसैगरि श्रम संस्कृति पार्टीले ३ स्थानमा विजय हासिल गरेको छ। यस्तै,राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक÷एक स्थानमा विजयी हुनुभएको छ ।
