मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

समानुपातिकतर्फ रास्वपा अग्रता, प्रत्यक्षतर्फ १२५ क्षेत्रमा विजयी


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन २५, २०८२
  • 157
    SHARES

काठमाडाैँ – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। अपराह्न ३ बजेसम्म ९० लाख ८४ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४३ लाख ९० हजार मत प्राप्त गरेको छ।

अन्य दलहरूको मतमा नेपाली कांग्रेस १४ लाख ७० हजार, नेपाल कम्युनिष्ट पार्टी (एमाले) १२ लाख ३१ हजार, नेपाली कम्युनिष्ट पार्टी ६ लाख ५६ हजार, श्रम संस्कृति पार्टी ३ लाख १३ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टी २ लाख ९४ हजार मत प्राप्त गरेका छन्।

 

निर्वाचन आयोगको प्रविष्ट प्रणाली अनुसार जनता समाजवादी पार्टी नेपाल १ लाख ४० हजार, राष्ट्रिय परिवर्तन पार्टी १ लाख ३७ हजार, जनमत पार्टी ६२ हजार र राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टी संयुक्त रूपमा ५० हजार मत पाएका छन्।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १६४ क्षेत्रमा मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका १२५ उम्मेदवार विजयी भइसकेका छन्। कांग्रेसका १८, एमालेका ७, नेपाली कम्युनिष्ट पार्टीका ७, श्रम संस्कृति पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र स्वतन्त्र उम्मेदवार १ क्षेत्रमा विजयी भएका छन्।

जारी मतगणनामा सङ्खुवासभा क्षेत्र नं १ मा एमाले उम्मेदवार अग्रस्थानमा  छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)