मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गराउन प्रयासरत छौँ : मुख्यमन्त्री बानियाँ


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन २७, २०८२
  • 174
    SHARES

बागमती-  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रको सुधार गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गराउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

मकवानपुरको बकैया गाउँपालिकास्थित बिपी स्मृति आधारभूत अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले स्वास्थ्य क्षेत्रमा सुधार गर्दै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभयो ।

 

पछिल्लो समय हेटौँडा अस्पतालमा देखिएका समस्या समाधान गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगिएको बताउँदै स्वास्थ्य संस्थामा औषधि तथा उपकरणको अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

गरिबका छोराछोरीलाई डाक्टर बन्न प्रदेश सरकारले छात्रवृत्ति लगायतका कार्यक्रमसमेत सञ्चालन गरेको बताउँदै मुख्यमन्त्री बानियाँले उपचारको अभावमा कुनै पनि नागरिकलाई ज्यान गुमाउनुुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।

सङ्घीय सरकारको रु छ करोड ५८ लाख ९९ हजार १७६ लागतमा निर्माण भएको उक्त अस्पताल भवनको मुख्यमन्त्री बानियाँले उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)