बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १, २०८२
  • 372
    SHARES

काठमाडौँ –  नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिक तर्फको सूची निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बसेको बैठकले यसअघि तोकिए बमोजिमका नामहरू बुझाउने निर्णय गरिएको र सोअनुसार बुझाउने क्रममा रहेको प्रवक्ता एवं केन्द्रीय समिति सदस्य देवराज चालिसेले जानकारी दिए ।

उनले बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गरेको जानकारी दिए ।

कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ । आयोगले दिएको निर्देशनअनुसार नै क्लस्टर छुट्टाएर नाम सिफारिस गरिएको चालिसेले बताए । उनले कम्तीमा १५ महिला सिफारिस गर्न भने बमोजिम सो अनुसार सिफारिस गरिएको जानकारी दिए ।

अहिले नाम भने सार्वजनिक नगरिएको पनि उनले उल्लेख गरेका छन् । कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ । जसमा एक जनामात्र महिला उम्मेदवार विजेता बनेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)