मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हल्काफुल्का अभिव्यक्ति नदिन रास्वपा सांसदहरूलाई सभापति लामिछानेको आग्रह


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ४, २०८२
  • 123
    SHARES

काठमाडाैँ –   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आफ्ना सांसदहरूलाई सार्वजनिक अभिव्यक्ति दिँदा संयम र जिम्मेवारी अपनाउन कडा निर्देशन दिएका छन् ।

बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले सांसदहरू अब सामान्य अभियन्ता वा पेशाकर्मीको भूमिकामा नरहेको उल्लेख गर्दै पदीय गरिमा कायम राख्नुपर्नेमा जोड दिए। मिडियामा देखिनु वा सामाजिक सञ्जालमा ‘भाइरल’ हुनु आकर्षक लागे पनि त्यसले दीर्घकालीन रूपमा पार्न सक्ने प्रभावप्रति सचेत रहन उनले आग्रह गरे ।

 

कुनै पनि सार्वजनिक अभिव्यक्ति दिनुअघि पार्टी पंक्तिसँग आवश्यक सरसल्लाह गर्न निर्देशन दिँदै लामिछानेले सांसदहरूको बोली र व्यवहारले देशको अर्थतन्त्र र वैदेशिक सम्बन्धमा समेत असर पार्न सक्ने बताए। हल्का र असावधानीपूर्ण अभिव्यक्तिले जनताको विश्वासमा आँच आउने भन्दै उहाँले त्यस्ता गतिविधि नगर्न चेतावनी दिए ।

उनले सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमै उपचार गराउन सुझाव दिँदै जनताले भोग्ने समस्या प्रत्यक्ष रूपमा अनुभूति गर्नुपर्ने धारणा राखे । सरकारी सेवाको गुणस्तर सुधार्न स्वयंले त्यही सेवा उपयोग गर्नुपर्नेमा उनको जोड थियो।

साथै, सांसद पदले मात्र ज्ञान नदिने उल्लेख गर्दै उनले निरन्तर अध्ययनमा जोड दिन आग्रह गरे। संसद नचलेको समयमा ठूला सेमिनारमा मात्र सीमित नभई गाउँ–टोल, चिया चौतारा र जनस्तरमै पुगेर जनताको समस्या बुझ्न उनले निर्देशन दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)