मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आगामी शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ४, २०८२
  • 150
    SHARES

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। कांग्रेसले आगामी शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए।

 

 

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। बैठकमा चुनावको नतिजा, नियमित महाधिवेशनलगायतका विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थित हुन भनिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)