बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आजदेखि २१ औँ संस्करणको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु

प्रतियोगितामा ७ राष्ट्रका ९० पाइलट सहभागी


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र ५, २०८२
  • 100
    SHARES

कास्की- पर्यटकीय नगरी पोखरामा आजदेखि २१ औँ संस्करणको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।

नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा सुरु सो प्रतियोगिता आगामी शनिबारसम्म संचालन हुनेछ ।

 

प्रतियोगिताको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

एक्युरेसी विधामा मात्र केन्द्रीत रहेको यो प्रतियोगितामा नेपालसहित भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटाली र लेबनान गरी ७ राष्ट्रका प्याराग्लाइडिङ पाइलटबीच प्रतिस्पर्धा भइरहेको छ ।

सहभागी कुल ९० पाइलटमध्ये १४ जना महिला छन् ।

प्रतिश्पर्धाका लागि सराङकोटबाट उडान भरेर फेवाताल किनारमा रहेको खपौदीमा अवतरण गर्नुपर्ने छ । प्रतियोगितामा व्यक्तिगत तर्फ पुरुष विजेतालाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)