शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ६, २०८२
  • 205
    SHARES

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश सरकार र सम्पूर्ण सुरक्षा निकायप्रति आभार व्यक्त गर्नुभएको छ ।

जनकपुर विमानस्थलमा आज आयोजित सुरक्षा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रदेशका उच्च सुरक्षा अधिकारीहरू तथा धनुषाका सुरक्षा प्रमुखलाई निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा धन्यवाद दिनुभयो ।

 

विभिन्न आशङ्का र चुनौतीबीच ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन प्रदेश सरकार र सुरक्षा निकायले खेलेको भूमिका सराहनीय रहेको प्रधानमन्त्री कार्कीले उल्लेख गर्नुभयो ।

बैठकमा मधेस प्रदेश सरकारका निमित्त मुख्य सचिव कमलप्रसाद भट्टराई, मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद दाहाललगायत विभिन्न सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)