मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अफ्टाको बोर्ड निर्देशकमा नाट्टाका अध्यक्ष थपलिया चयन


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १९, २०८२
  • 149
    SHARES

काठमाडौँ-  नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टाका अध्यक्ष कुमारमणि थपलिया विश्वभरका ट्राभल एजेन्सीहरूको छाता संस्था युनाइटेड फेडेरेसन अफ ट्राभल एजेन्ट्स एसोसिएसन ९अफ्टा०को बोर्ड निर्देशकमा नियुक्त हुनुभएको छ ।

अफ्टाका अध्यक्ष सुनिलकुमार आरका अध्यक्षतामा सम्पन्न अफ्टाको वार्षिक साधारणसभाबाट नाट्टाका अध्यक्ष थपलिया बोर्ड निर्देशकमा नियुक्त हुनुभएको हो । विश्वका प्रतिष्ठित पर्यटन क्षेत्रका व्यक्तिको सहभागिता रहने अफ्टामा नेपालले सहभागिता जनाएको हो ।

 

 

अध्यक्ष थपलियासँगै उक्त बोर्डमा चेतिन गुर्चुन (टर्की), दुमिन्दा कुरुविताच्र्ची (श्रीलङ्का), योसेफ फाताएल (इजरायल) र मेरिजेल मनोटोक (फिलिपिन्स) नियुक्त हुनुभएको नाट्टाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

सन् १९६६ मा स्थापना भएको अफ्टा विश्वभरका ट्राभल एजेन्सीहरूको छाता संस्था हो । उक्त संस्थामा विश्वभरका आट सयभन्दा बढी ट्राभल कम्पनी आबद्ध छन् । इटलीको मोनाकामा प्रधान कार्यालय रहेको अफ्टाले विश्वभरका हवाई उड्डयनको मुद्दालाई प्रमुख एजेन्डाका रूपमा उठाउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)