शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २२, २०८२
  • 171
    SHARES

काठमाडौं –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष शालीग्राम सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७६–०७७ मा ‘बायो शौचालय’ खरिद कार्यमा वदनियतपूर्वक आपसी मिलेमतोमा भुक्तानीसमेत दिइ भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरू विरुद्ध आरोप–पत्र दायर गरेको हो ।

आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष सिंह, तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर, तत्कालीन प्रशासकीय अधिकृत चिरञ्जिविराज शर्मा ढुंगाना, तत्कालीन लेखापाल सावित्री कुमारी गिरी र तत्कालीन खरिदार मदन कुमार चौधरी सूडीविरुद्ध ५५ लाख २ हजार ८५४ रुपैयाँ हिनामिना गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनीहरु सबैलाई समान ५५ लाख २ हजार ८५४ रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलउपरको माग दाबी गरिएको छ । मुद्दामा ईशिता ट्रेडर्स तथा त्यसका प्रोपाइटर पशुपति नाथ पाठकलाई पनि प्रतिवादी बनाएको छ ।

अख्तियारको अनुसन्धानले परिषद्का पदाधिकारी र ठेकेदारबीचको मिलेमतोमा सार्वजनिक खरिद ऐनलाई पूर्ण रूपमा बेवास्ता गरिएको औँल्याएको छ । खरिदपूर्व तयार गर्नुपर्ने स्पेसिफिकेसन र लागत अनुमान नै नबनाई सीधै खरिद प्रक्रिया अघि बढाइएको अख्तियारको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)