सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मन्त्रिपरिषद्को बैठक बस्दै


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २४, २०८२
  • 82
    SHARES

काठमाडौं –  मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

यो बैठक आकस्मिक रुपमा बोलाइएको हो । आजको बैठकले

नेपाल राष्ट्र बैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना समेत रहेको छ ।

राष्ट्र बैंकको डेपुटी गभर्नर पद एक महिनादेखी खाली रहेको छ । अघिल्लो सरकारले डेपुटी गभर्नर नियुक्तिको जिम्मेवारी नयाँ सरकारलाई नै छोडेको थियो । सोही अनुसार अहिले राष्ट्र बैंकमा नेतृत्व अभाव देखिएको उक्त पदमा नियुक्ति प्रक्रिया अगाडि बढ्ने तयारी गरिएको हो ।

विद्यमान व्यवस्थाअनुसार गभर्नरले राष्ट्र बैंकका कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सिफारिस गर्ने र तीमध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने प्रावधान रहेको छ । हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)