मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपाले तोक्यो मन्त्री, सांसदको लेबी


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३, २०८३
  • 114
    SHARES

काठमाडौं-  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले मन्त्री, सांसद एवं अन्य पदाधिकारीका लागि लेबी तोक्ने निर्णय गरेको छ ।

पार्टीका नवनियुक्त मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार, सांसदहरूका लागि प्रति महिना रु. १६,५०० र मन्त्रीहरूका लागि रु. १८ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको हो ।

त्यस्तै, स्वकीय सचिवहरुका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको छ ।

सांसदहरुले स्वकीय राख्न पाउने वा नपाउने भन्नेमा विवाद रहे पनि स्वकीय सचिव राख्ने निर्णय भएमा उनीहरुले पनि रु. २ हजार लेबी बापत पार्टीलाई बुझाउनु पर्नेछ ।

संसद सचिवालयले भने सांसदलाई स्वकीयको व्यवस्था गर्नेगरी प्रस्ताव गरिसकेको छ । यसअघि सुशीला कार्कीको सरकारले सांसदका स्वकीयलाई हचुवाका भरमा राज्यकोषबाट तलबभत्ता बितरण गरिएको भन्दै त्यस्तो व्यवस्था खारेज गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)