मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राप्रपाले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३, २०८३
  • 136
    SHARES

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातवटै प्रदेशमा चुनावी समीक्षा बैठक आयोजना गर्ने भएको छ। पार्टीको केन्द्रीय सचिवालयले प्रदेश कार्यसमितिसँगको परामर्शमा बैठकहरूको मिति तय गर्ने कार्य गरिरहेको जनाएको छ।

राप्रपाका अनुसार समीक्षा बैठकहरू वैशाखको दोस्रो सातासम्म सम्पन्न गरिनेछ। बैठकमा सम्बन्धित प्रदेश कार्यसमितिका अध्यक्ष, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, प्रदेशसभा क्षेत्रीय अध्यक्ष, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तथा जिल्ला निर्वाचन समितिका संयोजकहरूको सहभागिता रहनेछ।

पार्टीको केन्द्रीय सचिवालयको आयोजनामा हुने यी बैठकहरूमा अध्यक्ष राजेन्द्र लिङ्देन सहित केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)