काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रियालाई अघि बढाउने क्रममा गठन गरिएको समितिले आज दिउँसो ३ बजे कांग्रेसका सबै सांसदहरूसँग छलफल गर्ने भएको छ।
समितिका संयोजक प्रकाश स्नेहीका अनुसार उक्त छलफल सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने तय गरिएको छ।
छलफलमा संसदीय दलको नेता चयनका विषयमा धारणा संकलन गर्ने र सहमतिको आधारमा प्रक्रिया अगाडि बढाउने विषयमा केन्द्रित रहने जनाइएको छ।
समितिले सांसदहरूको सुझावका आधारमा आगामी रणनीति तय गर्ने तयारी गरेको जनाएको छ।
अहिलेसम्म सांसदहरू अर्जुननरसिंह केसी, मोहन आचार्य र भीष्मराज आङ्देम्बेले दलको नेतामा आकांक्षा राखेका छन् ।
कांग्रेसमा दलको नेता चयनका लागि पार्टीले निर्वाचन समिति बनाउने व्यवस्था छ । त्यही व्यवस्था अनुसार सभापति गगन थापाले सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको नेतृत्वमा दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ।समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटुवाल सदस्य छन् ।
