काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतवार पनि बस्ने भएको छ ।
शुक्रबार बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि आइतवार फेरी सहमतिको लागि बैठक बस्न लागेको हो।
दलको नेतामा समानुपातिक सांसदव्दय अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे तथा रसुवाबाट प्रत्यक्ष निर्वाचित सांसद इन्जिनियर मोहन आचार्य मुख्य दाबेदार हुन् । लगातार तीन पटक प्रत्यक्ष निर्वाचन जितेका कांग्रेस केन्द्रीय सदस्य समेत रहेका युवा नेता मोहन आचार्यको पक्षमा माहोल बन्दै गएको छ। पार्टी भित्र प्रत्यक्ष निर्वाचित सांसद मध्यबाट संसदीय दलको नेता छान्नुपर्ने माग जोडदार सँग उठिरहेको छ।प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद छन् ।
कांग्रेसले सर्वसम्मत रुपमा दलको नेता टुंगो लागाउने प्रयास गरिरहेको छ ।
