सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्णबहादुर खड्का पक्षधर केन्द्रीय सदस्यहरूको बैठक धुम्वाराहीमा जारी


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ६, २०८३
  • 154
    SHARES
काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको १४औँ महाधिवेशनबाट चुनिएका उनीपक्षधर केन्द्रीय सदस्यहरूको बैठक धुम्बाराहीस्थित स्मार्ट होटलमा जारी छ ।

पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतको फैसला आएसँगै खड्का छलफलमा जुटेका हुन् । बैठकमा समूहको अबको रणनीति के हुने भन्ने विषयमा छलफल हुनेछ । छलफलमा नेता खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामहरि खतिवडालगायत पुगेका छन् ।

शुक्रवार सर्वोच्चको फैसला आएपछि शनिवार काठमाडौंको गोल्फुटारस्थित पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्काको निवासमा निःवर्तमान पदाधिकारी र केन्द्रिय सदस्यहरूको अनौपचारिक भेटघाट भएको थियो ।

छलफलमा पार्टीभित्रको कानूनी विवाद अन्त्य भएसँगै अब सबैले मिलेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा  सबैले जोड दिएको नेता मिन विश्वकर्माले जानकारी दिएका थिए। अदालतको फैसलामा प्राविधिक वा आधारभुत विषयमा केही असहमति रहे पनि नेपाली काँग्रेस कानूनी राज्य र स्वतन्त्र न्यायपालिकाको सम्मान गर्ने पार्टी भएकाले फैसलालाई स्वीकार गर्ने उनको भनाइ थियो । नेता विमलेन्द्र निधीले पनि फैसला नमान्ने नभई फैसलाको आधारमा रहेका केही विरोधाभासपूर्ण विषयहरूमा मात्रै प्रश्न उठाएको उनले स्पष्ट पारे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)