सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस संसदीय दलको नेता छान्न ११ वैशाखमा निर्वाचन


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ८, २०८३
  • 307
    SHARES

काठमाडौं –  नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि ११ वैशाखमा निर्वाचन हुने भएको छ।

निर्वाचन समितिका अनुसार सो दिन बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने दिउँसो ४ देखि ५ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान हुनेछ।

मतदान सम्पन्न भएलगत्तै मतगणना गरिने कार्यतालिका सार्वजनिक गरिएको छ।

दलको नेतामा  रसुवाबाट प्रत्यक्ष निर्वाचित सांसद इन्जिनियर मोहन आचार्य  र समानुपातिक सांसद भीष्मराज आङ्देम्बेविच प्रतिस्पर्धा हुने भएको छ।

संसदीय दलको नेताका अर्का दाबेदार समानुपातिक सांसद अर्जुननरसिंह केसीले भने निर्वाचन हुने भए आफुले प्रतिस्पर्धा नगर्ने कुरा सार्वजनिक रुपमा नै बताउदै आउनु भएको छ।

 

प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद छन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)