सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १०, २०८३
  • 159
    SHARES

काठमाडौँ –  प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज दिउँसो ३ बजे बस्दैछ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा राजनीतिक दलहरूबाट प्राप्त लिखित धारणा तथा सुझावका आधारमा पहिचान गरिएका संविधान संशोधनसम्बन्धी मुख्य मुद्दाहरूमा छलफल गरिनेछ ।

बैठकमा कार्यदलको आगामी कार्ययोजना, कार्यविधि र बहसपत्र तयार गर्ने प्रक्रियालाई व्यवस्थित गर्ने विषयमा पनि विस्तृत छलफल हुने बताइएको छ । संविधान संशोधनसम्बन्धी बहसलाई संस्थागत र समावेशी बनाउन विभिन्न राजनीतिक दलहरूको धारणा समेट्ने उद्देश्यसहित कार्यदल अघि बढाइएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)