सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस संसदीय दलको विधान पारित

संसदीय दलको नेता छान्न भोली मतदान


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १०, २०८३
  • 394
    SHARES

काठमाडौं –  नेपाली कांग्रेस संसदीय दलको विधान पारित भएको छ । बिहीबार सांसदहरूले छलफल गरेर विधान पारित गरेका हुन् ।

 

 

‘सांसदहरूको छलफलपछि विधान पारित भएर अनुमोदनका लागि पार्टीलाई पठाइसकिएको छ,’ संसदीय दल नेता निर्वाचन गर्न गठित निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले भने, ‘दल नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार काम अघि बढिरहेको छ।’

उनका अनुसार संसदीय दलको विधानमा धेरै हेरफेर भने भएको छैन।

निर्वाचन कार्यतालिका अनुसार आज मतदाताको अन्तिम नामावली प्रकाशनसम्म भएको छ।

उमेदवारी दर्ता शुक्रबार दिउँसो ३ बजे हुनेछ भने साढे ४ सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ ।

मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिने  तालिका तय गरिएको छ ।

संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदार छन्।

केसीले भने दलको नेतामा सहमति नभए आफू निर्वाचनमा नजाने बताए । ‘प्रत्यक्षलाई गर्ने की, सबैभन्दा युवाहरूलाई गर्ने की, सबैभन्दा सिनियरबाट गर्ने हो एउटा मापदण्ड बनाउ । होइन भने सहमति गरेर ल्याउ, प्रतिस्पर्धा गर्न चाहनेलाई प्रतिस्पर्धा गर्न दिम भन्ने नै मेरो कुरा हो,’ केसीले भने, ‘निर्वाचननै हुने भयो भने म प्रतिस्पर्धामा जान्नँ ।’

सभापति गगन थापा प्रत्यक्ष निर्वचितबाटै संसदीय दलको नेता चयन गर्ने पक्षमा छन् । त्यसो हुँदा थापाले आचार्यलाई अघि सार्ने सम्भावना छ ।

पार्टीले सांसदहरूसँग यस विषयमा छलफल गर्न महामन्त्री प्रदीप पौडेल लगायतलाई जिम्मेवारी दिएको छ।

मतदान अपराह्न ४ बजेदेखि ५ बजेसम्म र लगत्तै मतगणना हुनेछ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)