सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको अधिवेशन स्थगित


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १०, २०८३
  • 176
    SHARES

काठमाडौँ – संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गरिएको छ।

 

 

आज बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपतिबाट दुवै सदनको अधिवेशन हाललाई स्थगित गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

वैशाख ८ को मन्त्रिपरिषदको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख १७ गतेका लागि आह्वान गरेका थिए।

‘राष्‍ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/०८ गतेको सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद भवन, सिहंदरबारमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्‍वान गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/१० गतेको सिफारिस बमोजिम विशेष कारणवश संघीय संसदको दुवै सदनको उक्त अधिवेशन आह्‍वान हाललाई स्थगित गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)