सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १३, २०८३
  • 189
    SHARES

काठमाडौँ –  नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने भएको छ ।

 

 

भोलि बिहान ११ बजे बस्ने बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।

कार्यसम्पादन बैठकपछि दिउँसो १ बजे दलको कार्यालयमा सभापति थापाले सांसदहरूसँग छलफल गर्ने उनले बताए ।

सभापतिले प्रस्ताव गरेअनुसार संसदीय दलको विधानको धारा ५ अनुसार संसदीय दलको नेता चयन औपचारिक रूपमा अगाडि बढ्ने उनको भनाइ छ ।

सहमतिमै दलको नेता चयन गर्ने भन्दै शुक्रवार निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)