सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसको प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निश्कल राई


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १४, २०८३
  • 166
    SHARES

काठमाडौँ –  नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतक बासना थापालाई बनउने प्रस्ताव गरेको छ ।

 

सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक बनाउने सहमति जुटाएको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार संसदीय दलको नेता भीष्मराज आङदेम्बेलाई बनाउने सहमतिसँगै प्रमुख सचेतकमा बासना र सचेतकमा निश्कल राईलाई बनाउने सहमति जुटेको हो ।
थापा दैलेखबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् भने राई इलाम १ बाट निर्वाचित सांसद हुन् ।

अरु सबै पार्टीले संसदीय दलको नेता चयन गरिसक्दा पनि लामो समयको रस्साकस्सीपछि कांग्रेसले भीष्मराजलाई संसदीय दलको नेता बनाउने निर्णय आज गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)