शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

परराष्ट्रमन्त्री खनाल र अमेरिकी विशेष दूत गोरबीच भेट


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १८, २०८३
  • 148
    SHARES

काठमाडौँ –  अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटको क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलमा लगानी र व्यापार प्रवर्द्धनमा विशेष जोड दिँदै द्विपक्षीय सहकार्य विस्तार गर्नेबारे पनि कुरा भएको जनाएको छ ।

गोरले प्रधान सेनापति र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेट्ने कार्यतालिका रहेको छ । भारतका लागि अमेरिकी राजदूत समेत रहेका गोर तीन दिने नेपाल भ्रमणमा आएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)