शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा सभापति रवि लामिछाने र डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १९, २०८३
  • 168
    SHARES

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।

सभापति लामिछानेको निजी निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । सभापति लामिछानेसँग संयुक्त राज्य अमेरिका–नेपाल साझेदारीलाई सुदृढ पार्ने बारेमा छलफल भएको गोरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिनुभएको छ ।

उहाँले नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश रहेको र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक रहेको समेत उल्लेख गर्नुभएको छ । गोरले नयाँ सरकारसँग नजिकबाट काम गर्न तत्पर रहेको समेत उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ ‘संयुक्त राज्य अमेरिका–नेपाल साझेदारीलाई सुदृढ पार्ने बारेमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग भेट्न पाउँदा खुशी लाग्यो । नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश छ, र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक छन्। हामी नजिकबाट काम गर्न तत्पर छौं।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)