शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपाद्वारा अव्यवस्थित बसोबास समाधानमा प्राधिकरणमार्फत अघि बढ्न सरकारलाई सुझाव


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २०, २०८३
  • 130
    SHARES

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकभर विद्यमान अव्यवस्थित बसोबासको समस्या समाधानका लागि सरकारले गठन गर्न लागेको अधिकार सम्पन्न प्राधिकरणलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

 

 

पार्टी सचिवालयको आज बसेको बैठकले अव्यवस्थित बसोबास, भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै वास्तविक भूमिहीन नागरिकको हकमा मात्र समाधान केन्द्रित गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले असुरक्षित रूपमा बसोबास गर्दै आएका नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै अन्य अवस्थामा भने प्राधिकरणको प्रतिवेदन नआएसम्म कुनै पनि प्रकारको कारबाही अघि नबढाउन सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

त्यसैगरी, स्थानीय तहहरूले आफ्ना क्षेत्राधिकार प्रयोग गरी संरचना भत्काउने कार्य भइरहेको सन्दर्भलाई ध्यानमा राख्दै रास्वपाले त्यस्ता गतिविधि रोक्न र व्यवस्थापनमा एकरूपता कायम गर्न स्थानीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित गर्न “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३” पारित गरेको छ । उक्त रूपरेखा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा “उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति” गठन गरिएको पार्टीले जनाएको छ ।

त्यसैगरी, पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गर्नुका साथै प्रथम महाधिवेशन सम्पन्न गर्न “महाधिवेशन कार्यविधि–२०८३” पनि पारित गरिएको छ ।
बैठकले बागमती प्रदेश समितिको सिफारिसअनुसार रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट पुनः समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

प्रवक्ता मनिष झाका अनुसार बैठकका सबै निर्णयहरू पार्टी संगठनलाई सुदृढ बनाउने र आगामी राजनीतिक तथा निर्वाचन तयारीलाई व्यवस्थित गर्ने उद्देश्यले गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)