शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नवनियुक्त आईजी पौडेललाई दर्ज्यानी चिन्ह प्रदान


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २१, २०८३
  • 139
    SHARES

काठमाडौं –  सशस्त्र प्रहरी बल नेपालका नव नियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले पदभार ग्रहणसँगै दर्ज्यानी चिह्न प्राप्त गरेका छन्।

गृह मन्त्रालयमा आयोजित एक औपचारिक समारोहका बीच गृह सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका पौडेललाई सशस्त्र प्रहरी बलको प्रमुख पदमा बढुवा गर्ने निर्णय गरेको थियो।

यसअघि कार्यरत आईजीपी राजु अर्याल १८ वैशाखबाट अनिवार्य अवकाशमा गएपछि पौडेलले संगठनको नेतृत्व सम्हालेका हुन्। नयाँ आईजीपीका रूपमा उनले सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्दै आफ्नो कार्यकाल सुरु गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)