शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गहना पसलमा पेस्तोल देखाएर लुटपाट प्रयास गर्ने तीन जना पक्राउ


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २३, २०८३
  • 111
    SHARES

काठमाडौं –  काठमाडौं महानगरपालिका–२९ स्थित इन्द्रचोकमा रहेको एक ज्वेलरी पसलमा पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने समूहका तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल र ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राजवाहक र भुजेललाई पक्राउ गरेको हो भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महर्जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले गत वैशाख १७ गते इन्द्रचोकस्थित उक्त ज्वेलरी पसलमा पेस्तोल देखाउँदै लुटपाटको प्रयास गरेका थिए । सो क्रममा पसलमा रहेकी एक महिलाले प्रतिकार गर्दै उनीहरूलाई भगाएकी थिइन् । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भई भाइरल बनेको थियो ।

अनुसन्धानका क्रममा यो समूहले यसअघि पनि आपराधिक गतिविधि गरेको खुलेको छ । गत पुस २१ गते काठमाडौं–२५ मांसाङ गल्लीस्थित एक होलसेल पसलमा उनीहरूले पेस्तोल देखाएर सुन, नगद र अन्य सामग्री लुटपाट गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् । सो घटनामा २ तोला सुनको सिक्री, ४ लाख रुपैयाँ नगद, २ थान मोबाइल र सीसीटीभी उपकरणसमेत लुटिएको खुलेको छ ।

पक्राउ परेकाहरूको साथबाट एक चाइनिज पेस्तोल, त्यसमा प्रयोग हुने म्यागजिन एक थान, गोली एक थान, नक एक थान, घटनामा प्रयोग भएका कपडा तथा स्कुटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)