शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवाललाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २३, २०८३
  • 148
    SHARES

काठमाडौं-  विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा आरोपित व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

बुधबार सदस्य न्यायाधीशहरू हेमन्त रावलडिल्लरत्न श्रेष्ठ र विदुंर कोइरालाको इजलासले उक्त आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मिति २०८३ वैशाख २३ गतेको पत्रमार्फत आरोपितहरूलाई थप म्याद आवश्यक रहेको भन्दै अदालतसमक्ष निवेदन दिएको थियो। विभागका अनुसार हाल ऐन संशोधनपछि सरकारी वकिल तोक्ने, राय प्रतिवेदन तयार गरी पठाउने तथा अभियोजनसम्बन्धी प्रक्रिया अझै बाँकी रहेको छ। साथै, सम्बन्धित कसूरतर्फ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पनि अनुसन्धान जारी रहेको जनाइएको छ।

अदालतले पेश भएको मिसिल तथा कागजात अध्ययन गर्दा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार संयुक्त अनुसन्धान टोली गठन भई अनुसन्धान अघि बढिरहेको, साथै हालै अध्यादेशमार्फत ऐनका केही व्यवस्थामा संशोधन भई अभियोजन निकाय र अदालतको क्षेत्राधिकारसमेत परिवर्तन भएको अवस्थालाई ध्यान दिएको जनाएको छ।

उक्त आधारमा अदालतले दिपक भट्टको हकमा पाँचौँ पटक र सुलभ अग्रवालको हकमा छैटौँ पटक म्याद थप गर्दै २०८३ वैशाख २३ गतेदेखि लागू हुने गरी १२ दिनको म्याद थप गर्ने आदेश दिएको हो।

यसअघि पनि दुवै आरोपितलाई पटक–पटक म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)