शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश सिफारिस गलत भयो, यसको परिणाम सरकारले भोग्नेछ: पूर्व प्रधानमन्त्री कार्की


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २५, २०८३
  • 147
    SHARES

काठमाडौँ – संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा डा मनोज शर्मालाई गरेको सिफारिसप्रति पूर्व प्रधानन्यायाधीश एवं पूर्व प्रधानमन्त्री सुशिला कार्कीले चर्काे असन्तुष्टि जनाएका छिन् । उनले सो निर्णयप्रति गम्भीर असहमति मात्र राखेकी छैनन्, यो गलत निर्णयको परिणाम सरकारले भोग्ने पनि जनाएकी छिन् ।

उनले सरकारले विधि र परम्परा मिचेर चौथो वरीयताका न्यायाधीश डा शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको बताइन् । आफ्नो प्रतिक्रियामा उनले संवैधानिक र अरू सबै प्रधानन्यायाधीशमा कामू प्रधानन्यायाधीश समेत रहेकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल नै सक्षम रहेको तर्क पनि गरेकी छिन् ।

 

एक सञ्चारमाध्यमसँगको कुराकानीमा कार्कीले प्रश्न गर्दै भनेकि छिन् ‘ यो निर्णय अत्यन्तै गलत भयो, न्यायालयमा यस्तो हुँदैन, सुहाउँदैन, यसको परिणाम त यही सरकारले पछि भोग्नुपर्छ ।’

तर सरकारले भोग्ने परिणाम के कस्तो हो भन्ने बारेमा भने उनले केही खुलाएकी छैनन् । एक योग्य र सक्षम महिलालाई रोक्ने काममा प्रधानमन्त्री नै लागिपरेको उनको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)