शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २६, २०८३
  • 106
    SHARES

काठमाडौं-  संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध शर्माविरुद्ध उजुरी आह्वान गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले शर्माविरुद्ध उजुरी आह्वान गरेको हो ।

 

 

यसअघि बिहीवार बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो । समिति सभापति वोधनारायण श्रेष्ठले शर्माविरुद्ध कुनै उजुरी भए १० दिनभित्र कार्यालयको ठेगानामा पत्राचार गर्न वा सोझै समितिको सचिवालयमा वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिनसक्ने गरी ब्यवस्था मिलाएको बताउनु भयो ।

उहाँले उजुरी नामसहित वा बेनामे उजुरी समेत दिन सकिने व्यवस्था गराइएको बताउनु भयो । उहाँले शर्माविरुद्ध शनिवारदेखि अगामी जेठ ४ गतेसम्म उजुरी संकलन गरिने र त्यसपछि उजुरीहरुको अध्ययनपश्चात सुनुवाइ प्रक्रिया अगाडि बढाइने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संवैधानिक परिषदबाट हामीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मााननीय डा. मनोजकुमार शर्माको नाम सिफारिस भई आयो र यो बैठकको आयोजना भएको हो । बैठकबाट हामीले १० दिनको समय राखेर शनिवारदेखि जेठको ४ गतेसम्म उहाँको विरुद्धमा उजरीहरु संकलन गर्ने अवधी तोकेका छौँ । यो बीचमा समितिको सचिवालयमा सिधै उजुरी दर्ता गर्न सकिनेछ ।

साथै विद्युतीय माध्यमबाट समेत उजुरीहरु पठाउन सकिनेछ । प्रमुख जिल्ला अधिकारीमार्फत समेत उजुरी पठाउन सकिने व्यवस्था गरेका छौँ । नाम किटान गरेर र बेनामे उजुरीसमेत पठाउन सकिनेछ । तर बेनामे उजुरीमा प्रमाणसहित पठाउने भनेका छौँ । जेठ ५ गतेदेखि उजुरीहरुको छानिवन प्रक्रिया शुरु गर्छौँ ।’

प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका शर्मा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भई प्रधानन्यायाधीशमा नियुक्त भएमा ६ वर्षे पूरा कार्यकाल पूरा गर्न पाउनुहुनेछ । शर्मा संसदीय सुनुवाई समितिबाट पनि अनुमोदन भए २०८९ वैशाखसम्म सर्वोच्चको नेतृत्व सम्हाल्नुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)