काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि उडान बन्द भएको छ।
विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार टर्किस एयरलाइन्सको जहाज ल्याण्ड गर्नेक्रममा पछाडिको ल्यान्डिङ गियरमा आगो देखिएपछि विमानस्थल केही समयका लागि बन्द गरिएको हो।
निरौलाका अनुसार जहाजलाई पार्किङमा व्यवस्थापन गरेपछि मात्र विमानस्थल सञ्चालन गरिनेछ। सोमबार बिहान ७ बजे इस्तानबुलबाट काठमाडौँ आएको एयरलाइन्सको पाङ्ग्रामा अवतरणको क्रममा आगो पछि दमकल प्रयोग गरेर निभाइएको छ ।
विमानमा सबै यात्रु सकुशल रहेको जनाइएको छ । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।
