शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अर्घाखाँची बस दुर्घटना : चार जनाको मृत्यु , २५ जना घाइते


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २९, २०८३
  • 107
    SHARES

काठमाडौँ- अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भएको बस दुर्घटनामा मृतकको संख्या चार पुगेको छ । थप दुई जनाको उपाचारको क्रमम निधन भएको छ ।  दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइेतेहरु केहीको अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइहरेको छ । केहीलाई पाल्पा र बुटवल अस्पताल लगिएको छ ।

 

सन्धिखर्क–पाल्पा सडकखण्डअन्तर्गत पाणिनी गाउँपालिका–८ स्थित कुरुलेफाँट नजिक आज भएको दुर्घटनामा पर्वतबाट फर्किँदै गरेको पर्वत जिल्लाको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा मृत्यु भएका दुई जनाको पर्वतको मोदि गाउँपालिका पाती चाैर निवासी रहेको खुलेको भए पनि उनीहरूको औपचारिक पहिचान हुन बाँकी रहेको छ।घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवश बहादुर जिसिले दुर्घटनाको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)